ट्रेन्डिङ

कलैया–२६ मा फर्मुल्लाह मन्सूरको घरदैलो: शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकतामा

बारा । बाराको कलैया उपमहानगरपालिका–२६ अन्तर्गत सिस्वा महेशपुर क्षेत्रमा नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार फर्मुल्लाह मन्सूरले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा मन्सूरले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, सुशासन र जनसेवाप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गरेका थिए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारको सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

कार्यक्रममा सहभागी स्थानीय मतदाताले मन्सूरप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै क्षेत्रको समग्र विकासका लागि स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्। मन्सूरले विगतदेखि नै जनतासँग नजिक रहेर काम गर्दै आएको अनुभवका आधारमा आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी ढङ्गले सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको नेपाली काङ्ग्रेस वडा नम्बर २६ का सभापति शसिकान्त यादवले जानकारी दिए। कार्यक्रममा देखिएको उत्साहले यस क्षेत्रमा नेपाली काङ्ग्रेसप्रति जनविश्वास थप मजबुत बन्दै गएको काङ्ग्रेस नेता भागिरथ प्रसाद यादवले बताए।

मन्सूरले लोकतन्त्रको सुदृढीकरण, पारदर्शी शासन प्रणाली र समावेशी विकासका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रुख छापमा मत दिन सबै मतदातासँग आग्रह गरे।

सो अवसरमा संविधान सभा सदस्य लालबाबु सिंह, समानुपातिक उम्मेदवार प्रियंका दास र राजेन्द्र जयस्वाल, काङ्ग्रेस केन्द्रीय सदस्य रामानन्द प्रसाद यादव, पूर्व जिल्ला सचिव तेजनारायण साह, पूर्व क्षेत्रीय सभापति मुकेश कुश्वाहा, कलैया–१ का पूर्व वडा अध्यक्ष हरिओम सोनार, जिल्ला समिति सदस्य अफ्तर मन्सूरसहित स्थानीय काङ्ग्रेस नेताहरू दिनानाथ राउत, जयनारायण महतो, विनोद पाल, दिलजान हवारी, श्रीभगवान राउत, राजेन्द्र मण्डल, प्रभु प्रसाद यादव, सुल्तान हवारी, रामानन्द राउत, आदिल अन्सारी, नेविसंघ केन्द्रीय सदस्य राजकिशोर साह, राजकिशोर यादवलगायत सयौँको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै