ट्रेन्डिङ

राजर्षिजनक विश्वविद्यालयमा विभिन्न शैक्षिक तथा प्रशासनिक पदका लागि आवेदन खुला

जनकपुर। राजर्षिजनक विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक जनशक्ति भर्नाका लागि आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयले आज सार्वजनिक गरेको सूचनाअनुसार प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक (प्रशासन) पदमा नियुक्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरिएको हो।

विश्वविद्यालयले इच्छुक तथा योग्य उम्मेदवारलाई आगामी फागुन ७ गतेभित्र आवेदन पेश गर्न आग्रह गरेको छ।

कर्मचारी छनोट प्रक्रिया लिखित परीक्षा, अन्तर्वार्ता तथा आवश्यक परे प्रयोगात्मक परीक्षामार्फत गरिने सूचनामा उल्लेख गरिएको छ।

दरखास्त दिन चाहने उम्मेदवारहरूले राजर्षिजनक विश्वविद्यालय सेवा आयोगको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन फाराम भर्न सक्ने व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले आवश्यक योग्यता, पदसंख्या र अन्य विवरण सम्बन्धित सूचनामा उल्लेख गरिएको भन्दै आवेदन प्रक्रियामा सहभागी हुन चाहने उम्मेदवारलाई समयमै अनलाइन फाराम भर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै