ट्रेन्डिङ

पर्साको परवानीपुर चोकमा बसको ठक्करबाट ट्रक चालकको मृत्यु

वीरगन्ज । बसको ठक्करबाट पर्सामा एक जनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकमा बिहीबार राती रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रक चालक वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने अन्दाजी २२ वर्षका कमलेश पटेल छन् ।

वीरगन्जबाट जाँदै गरेको ग २ ख १४५१ नम्बरको बसले रोकिराखेको मधेस प्रदेश ०३ ००१ ख ७४३८ नम्बरको  ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा ट्रक चालक पटेलको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी मुस्तकिम आलमले बताए ।

उनका अनुसार चोकमा ट्रक रोकिराखिएको थियो, चालक पटेल ट्रकमा चढ्दै गर्दा पछाडीबाट आएको बसले उनलाई ठक्कर दिएको हो ।

घटनास्थलमा प्रहरी टोली पुगेको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै