रौतहट । रौतहटमा एक जना सुनचाँदी व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । अज्ञात हतियारधारी समूहले मंगलबार राती एक जना सुनचाँदी व्यवसायीमाथि खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ ।
गढीमाई नगरपालिका वडा नम्बर १ समनपुर निवासी चन्दन साह सोनारमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनको टाउको र हातमा चोट लागेको छ ।
घाइते सोनारलाई गरुडामा सामान्य उपचार पछि थप उपचारका लागि बीरगंजस्थित वयोधा अस्पतालमा ल्याइएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख दिलीप घिमिरेले घटनास्थलबाट १ थान खुकुरी र १ थान कटुवा पेस्तोल समेत फेला पारेको बताए । घटनामा संलग्नहरूको खोजी भइरहेको उनले बताए ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।