ट्रेन्डिङ

विराटनगरले जनकपुरलाई १३६ रनको चुनौती दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा जारी भिडन्तमा विराटनगर किंग्सले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिँदै पहिलो इनिङ्स समाप्त गरेको छ।

जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोड्न सफल भयो।

विराटनगरका लागि ब्याटिङ पंक्तिमा आज शुभम रञ्जन चम्किए।

भारतीय मूलका अमेरिकी खेलाडी रञ्जनले २९ बलमा ३७ रन बनाउँदै टिमलाई सम्मानजनक स्कोर निर्माणमा अग्रसर गराए।

उनको इनिङ्समा दुई चौका र दुई छक्का समावेश थियो।

त्यसपछि बसिर अहमदले संयमित खेल प्रस्तुत गर्दै ३६ रन जोडे, जसमा उनका तीन छक्का प्रमुख रहे।

ओपनर लोकेश बमले २८ रन जोड्दा जर्ज मुन्सीले १० रनमा पारी समत्त्याए। स्टार खेलाडी मार्टिन गुपटिलले भने अपेक्षित प्रदर्शन गर्न सकेनन् र १३ रनमै फर्किनु पर्यो।

बलिङतर्फ विराटनगरका संगित कोरी र रुपेश सिंहले प्रभावशाली प्रदर्शन गरे।

कोरीले २६ रन खर्चिएर दुई विकेट लिए भने रुपेशले १२ रनमा दुई विकेट झारे। आदित्य महताले पनि १६ रनमा एक विकेट आफ्नो नाममा थपे।

अब जनकपुर बोल्ट्स १३६ रनको चुनौती पछ्याउँदै मैदान उत्रनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै