काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि निरन्तर जारी छ।
पार्टीका प्रचार विभाग प्रमुखका अनुसार बिहीबारको बैठकमा अध्यक्ष उपेन्द्र यादवले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्नेछन्।
अध्यक्ष यादवले नेपालको हालको राजनीतिक अवस्था, जसपा नेपालको दृष्टिकोण र कार्यदिशा, पार्टी एकता, सङ्गठन सुदृढीकरण, मोर्चा निर्माण र आगामी निर्वाचनका सम्भावित तालमेललगायत विषय समेटेर २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए।
बैठकले अध्यक्ष यादवले प्रस्तुत गरेको संगठनात्मक प्रस्तावबारे पनि अन्तिम निर्णय लिने तयारी गरेको जसपा स्रोतले जनाएको छ।