वीरगन्ज । त्रिभुवन विश्वविद्यालयअन्तर्गत वीरगन्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसले स्नातक तह दोस्रो वर्षको विद्यार्थीका लागि भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ।
क्याम्पसले स्नातक तह दोस्रो (बीबीएस, बीएड, बीएस्सी, र बीए) सत्र २०८१ का विद्यार्थीका लागि भर्ना सम्बन्धी सूचना सार्वजनिक गरेको हो।
क्याम्पस सहायक प्रमुख कुमार सच्चिदानन्द सिंहद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ – भर्ना प्रक्रिया कार्तिक २१ गतेदेखि सुरु हुनेछ र अर्को सूचना प्रकाशित नहुँदासम्म निरन्तर जारी रहनेछ।
यससँगै अब तीन दिनपछि भर्ना सुरु हुने भएको छ।
क्याम्पस प्रशासनले सम्बन्धित विद्यार्थीहरूलाई तोकिएको मितिभित्र भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।