वीरगन्ज। पर्सा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।
संयुक्त टोलीले जिल्लाबट १०० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको जनाएको हो।
प्रहरीका अनुसार जगरनाथपुर गाउँपालिका–३ स्थित नजिकको खेतमा पाँच वटा चामलको बोराभित्र लुकाइछिपाई राखिएको अवस्थामा १०० केजी गाँजा फेला परेको हो।
संयुक्त टोलीले गाँजा नियन्त्रणमा लिएर बरामद गरेको तथा उक्त लागुऔषधसँग संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।