ट्रेन्डिङ

मधेस प्रदेश प्रहरीको नेतृत्वमा ओम अधिकारी, डीआइजी थपलियाको सरुवा

वीरगन्ज । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङको निर्णयअनुसार शुक्रबार गरिएको सरुवामा डीआईजी ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालयको नेतृत्वको जिम्मेवारी दिइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार हाल मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी गोविन्द थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

उनको स्थानमा डीआईजी अधिकारीलाई मधेस प्रदेश पठाइएको हो ।

त्यसैगरी, डीआईजी सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने सुदूरपश्चिममा कार्यरत डीआईजी ओम रानालाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै