ट्रेन्डिङ

भारतको तेलंगना राज्यमा बस–ट्रक ठोक्किँदा २० जनाको मृत्यु, २० घाइते

वीरगन्ज । सोमबार बिहान तेलंगनाको रंगा रेड्डी जिल्ला नजिकै एउटा भयानक सडक दुर्घटना भएको छ।

जिल्लाको चेवेला प्रहरी चौकी अन्तर्गत पर्ने खानापुर गेट क्षेत्रमा यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा २० जना यात्रुको दुःखद निधन भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार, सो दुर्घटनामा २० जनाभन्दा बढी मानिस घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था निकै गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई कुनै विलम्ब नगरी तीव्रता दिन सम्बन्धित निकायहरूलाई निर्देश दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडित परिवारका लागि तत्काल राहत घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार, प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ प्रदान गरिनेछ।

स्थानीय प्रशासनले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको छ भने घाइतेहरूको उपचारका लागि आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै