ट्रेन्डिङ

राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का

वीरगन्ज । म्याट रोसले सम्झौता अवधि सकिनुअघि नै राजीनामा दिएपछि खाली रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले हरि खड्कालाई सुम्पेको छ।

एन्फाले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै खड्कालाई एफसी एसियन कप क्वालिफायर २०२७ का लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।

विगत फागुनमा मुख्य प्रशिक्षकमा नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक म्याट रोसले एक वर्ष नपुग्दै बिहीबार राजीनामा पठाएका थिए। रोसको अप्रत्याशित बहिर्गमनपछि एन्फाले तत्काल घरेलु प्रशिक्षक खड्कालाई टोलीको कमान सम्हाल्न जिम्मेवारी दिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै