ट्रेन्डिङ

मन्त्रालयका बैठकहरू अब ‘लाइभ’ हुने खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय

 

वीरगन्ज । युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लु गुप्ताले पदभार ग्रहणलगत्तै महत्त्वपूर्ण निर्णय गरेका छन्। उनले मन्त्रालय मातहतका सबै निकायको बैठकहरूलाई पारदर्शी बनाउनका लागि प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने निर्णय गरेका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गुप्तालाई आजै मन्त्री नियुक्त गरेका थिए। शीतल निवासमा शपथ ग्रहणपश्चात् सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हाल्ने क्रममा उनले यो निर्णय लिएका हुन्, जुन उनको कार्यकालको पहिलो औपचारिक निर्णय हो।

मन्त्री गुप्ताको यस निर्णयलाई मन्त्रालयको कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहिता बढाउने दिशामा चालेको कदमका रूपमा हेरिएको छ। सबै बैठकहरूलाई लाइभ गर्ने निर्णयले खेलकुद क्षेत्रका सरोकारवालाहरू तथा आम नागरिकलाई मन्त्रालयको काम, निर्णय प्रक्रिया र छलफलका विषयहरू बारे प्रत्यक्ष जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै