ट्रेन्डिङ

जनकपुरको सोनारपट्टीमा गोली चल्यो, सुनचाँदी पसलमा छापा मार्दा तनाव

जनकपुर । धनुषाको जनकपुर उपमहानगरपालिका–६ सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ प्रहरीको गोली चलेको छ।

बिलबिजक बिनाको सुनचाँदी खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले एक सुनचाँदी व्यवसायीको पसलमा छापा मारेको थियो।

सो क्रममा व्यवसायीहरूले प्रहरीको कार्यमा अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसहित अश्रुग्यास प्रहार गरेको जनाइएको छ।

प्रहरीका अनुसार कति राउन्ड गोली प्रहार गरिएको हो भन्ने विषयमा बुझ्ने कार्य भइरहेको छ। घटनास्थलमा थप प्रहरी टोली परिचालन गरिएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै