ट्रेन्डिङ

पर्सामा एक महिनामै ७ करोड बराबरको तस्करी सामान नियन्त्रण

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नयाँ कमाण्डरको नेतृत्वमा आएपछि तस्करी नियन्त्रण र शान्ति सुरक्षामा उल्लेख्य सफलता प्राप्त गरेको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साले असोज महिनामा मात्रै भन्सार छली (तस्करी)का करिब ७ करोड रुपैयाँ मूल्य बराबरको मालसामान बरामद गरेको जानकारी दिएको छ।

पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार, असोज महिनाभरि जिल्लाका विभिन्न स्थानबाट भन्सार राजस्व छलेर भित्र्याइएका ६ करोड ८७ लाख ६२ हजार ३२१ रुपैयाँ बराबरको अवैध सामानहरू नियन्त्रणमा लिइएको हो। एसपी पाठकले असोजको पहिलो सातादेखि नै जिल्ला प्रहरीको कमाण्ड सम्हालेका थिए।

तस्करी नियन्त्रणसँगै पर्सा प्रहरीले लागू औषध नियन्त्रणमा पनि ठूलो सफलता हात पारेको छ। असोज महिनामा मात्रै गाँजा ४३ किलो ९०० ग्राम, चरेस ११ किलोग्राम र खैरो हेरोइन ३१ ग्राम ८८० मिलिग्राम जफत गरिएको एसपी पाठकले बताए ।

अपराध नियन्त्रणको सिलसिलामा प्रहरीले अदालतबाट सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरूलाई पनि पक्राउ गर्न सफल भएको छ। एसपी पाठकका अनुसार, असोज महिनामा लुकेर बसेका ७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ।

ुपर्सा प्रहरीको नेतृत्व सम्हाले लगत्तै एसपी पाठकले जिल्लाको शान्ति सुरक्षासँगै भन्सार चोरीनिकासी (तस्करी) नियन्त्रणलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताए । उनले प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार जिल्लाका मातहतका इलाका प्रहरी कार्यालयका इन्चार्जहरूसँग एक वर्षको लागि लिखित कार्यसम्पादन सम्झौता समेत गरिसकेको जानकारी दिए । यसले पर्सा प्रहरीको काम कारबाहीलाई थप जवाफदेही र परिणाममुखी बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै