ट्रेन्डिङ

ग्याङ फाइट मृत्यु प्रकरण : मृतकको पहिचान खुल्यो, मुख्य अभियुक्त अझै फरार

वीरगन्ज । वीरगन्जमा ग्याङ फाइटमा मृत्यु हुने युवकको पहिचान खुलेको छ ।

महानगरको गीता मन्दिर नजिकै भएको ग्याङ फाइटमा मृत्यु भएको युवकको सनाखत भइसकेको पर्सा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका २४ वर्षीय शिवम साह कानु (गोल्डेन खान) रहेको पर्सा प्रहरी प्रवक्ता एवम डिएसपी हरिबहादुर बस्नेतले बताए ।

मृतक कानुको भाटोले प्रहार गर्दा उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो ।

पुरानो विवादले गएराति दसैँ मेलमा ग्याङ फाइट परेको थियो ।

कानु मृत्यु प्रकरणमा संलग्न आरोपीहरु केही पक्राउ परे पनि मुख्य अभियुक्त अझै फरार रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै