ट्रेन्डिङ

ड्रागन अफ साहिब दरबार सेमिफाइनलमा प्रवेश

बीरगन्ज । ड्रागन अफ साहिब दरबार बीरगन्ज सुपर लिग सिजन ३ को सेमिफाइनलमा प्रवेश गरेको छ । एन्जल्स वल्र्ड स्टार्सलाई १ रनको अन्तरले पराजित गर्दै ड्रागनले सेमिफाइनलमा स्थान बनाएको हो ।

आदर्शनगरस्थित क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको साहिब दरबारले १९ ओभर ४ बलमा पूरै विकेट गुमाएर एक सय २९ रनको योग तयार ग¥यो ।

उसका लागि सन्तोष कार्कीले सर्वाधिक ३३ रनको योग दिए । यस्तै चन्दन रामले २७ रन बनाए । अरमान शेख ५ र सलमान मियाँ धोबीले २ रन जोडे ।

जवाफी ब्याटिङ गरेको एन्जल्स वल्र्ड पूरा ओभरमा ७ विकेटको क्षति बेहोर्दै एक सय २८ रनमै अलआउट भयो ।

असाब हुसेनले सबैभन्दा बढी अर्थात् ५० रन बनाए । सजाद मन्सुरीले ३५, वासिम मन्सुरी ३ र महम्मद ज्याकुल्लाहले २ रन जोडे ।

खेलमा अरमान शेख प्लेयर अफ दि म्याच घोषित भएका छन् ।

त्यसअघि आजै सम्पन्न पहिलो खेलमा साउन जोन वारियर्सलाई १३ रनले पछि पार्दै सन लाइट किङग्सले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै