ट्रेन्डिङ

नयाँ प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भने– ‘नेपालको प्रगतिमा भारत प्रतिबद्ध’

वीरगन्ज । नयाँ सरकार गठन भएलगत्तै छिमेकी देशहरूले बधाई दिन थालेका छन्।

यसै क्रममा, नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी सुशीला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत सन्देश लेख्दै प्रधानमन्त्री कार्कीलाई शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री मोदीले नेपाल र नेपाली जनताको शान्ति र समृद्धिको यात्रामा भारतको पूर्ण साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै