ट्रेन्डिङ

जेन-जी प्रदर्शन : प्रधानमन्त्री ओलीको वक्तव्य, भने – प्रदर्शनमा नागरिक मारिँदा अत्यन्त दुखी छु, पीडित परिवारलाइ राहत दिइनेछ

किन घट्यो घटना ?

काठमाण्डौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जेनजी प्रदर्शनका क्रममा भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्।

उनले प्रदर्शनमा नागरिकको ज्यान गएको घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् । साेमबार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सरकार जेनजी पुस्ताको मागप्रति संवेदनशील रहेको बताउँदै उनले तर प्रदर्शनमा विभिन्न स्वार्थ समूहले घुसपैठ गर्दा तोडफोड र आगजनी जस्ता घटना भएको ओलीले बताए ।

सामाजिक सञ्जाल बन्द गरिएको विवादबारे स्पष्ट पार्दै उनले सरकार नागरिकलाई जोगाउन विगत एक वर्षदेखि नै कम्पनीहरूलाई नेपालमा दर्ता र सूचीकरण गर्न आग्रह गर्दै आएको स्मरण गराए। कतिपयले दर्ता गरे पनि केहीले बेवास्ता गरेको र त्यसैबिच सर्वोच्च अदालतले सूचीकरण नगरी सञ्चालन नगर्न निर्देशनात्मक आदेश दिएको कारण सामाजिक सञ्जाल निष्क्रिय गर्नुपरेको उनले उल्लेख गरे।

उनका अनुसार सामाजिक सञ्जालबारे पर्याप्त जानकारी अभाव र जेनजी पुस्ताको सोचबिचको अस्पष्टताले आजको अवस्था सिर्जना भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति समवेदना प्रकट गर्दै उनले मृतक परिवारलाई उचित राहत र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने जनाए। साथै, घटनाको कारण र अवस्था विश्लेषण गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै