ट्रेन्डिङ

रोमाञ्चक खेलमा पाकिस्तान शाहीनसँग नेपाल १ रनले पराजित

वीरगन्ज । अष्ट्रेलियाको डार्विनमा जारी ‘टप एन्ड टी–२० सिरिजु अन्तर्गतको रोमाञ्चक खेलमा नेपाल पाकिस्तान शाहीनविरुद्ध १ रनको झिनो अन्तरले पराजित भएको छ।

जितका लागि अन्तिमसम्म संघर्ष गरेको नेपाल अन्तिम बलमा दुई रन बनाउन नसक्दा मात्र १ रनले हार व्यहोरेको हो।

पाकिस्तान शाहीन(पाकिस्तान ए) ले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो हुन सकेन। कुशल भुर्तेल मात्र ४ रनमा आउट भए। त्यसपछि आसिफ शेख र कप्तान रोहित पौडेलले राम्रो साझेदारी गर्दै इनिङ्स सम्हाले। रोहितले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले भने आसिफले २७ रन बनाए। तर, रोहितको विकेट पतनपछि नेपालको मध्यक्रम धराशयी भयो र लगातार विकेट गुमाउन पुग्यो।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो। तर, अन्तिम बलमा दीपेन्द्र सिंह ऐरी रन आउट भएपछि नेपाल १४३ रनमा समेटियो र १ रनको अन्तरले खेल गुमाउन पुग्यो।

पहिले पाकिस्तानका लागि इरफान खानले सर्वाधिक ४२ रनको नटआउट इनिङ खेले भने अब्दुल समदले २६ र मोहम्मद फैकले २३ रन जोडे। नेपालका बलरहरूले कसिलो बलिङ गर्दै पाकिस्तानलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए। नेपालका तर्फबाट सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले २२ विकेट हात पारे।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै