वीरगन्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर ललित राजवंशी लाई मातृशोक परेको छ।
लामो समयदेखि मुटुरोगबाट पीडित उनकी ६३ वर्षीया आमा सुभो राजवंशीको आइतबार विराटनगर महानगरपालिका–१४ स्थित निवासमा निधन भएको हो।
आमाको निधनपछि ललितले आफ्नो सामाजिक सञ्जालको स्टोरीमा ‘आई एम सो सरी मामु’ लेख्दै दुःख व्यक्त गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले पनि सामाजिक सञ्जालमार्फत उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।
ललित राजवंशी नेपाली क्रिकेटका प्रतिभाशाली खेलाडी हुन्। लेग स्पिनरका रूपमा परिचित उनी नेपाली राष्ट्रिय टिमको महत्वपूर्ण सदस्यका रूपमा चिनिन्छन्।