ट्रेन्डिङ

पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ बीरगन्जको आयोजनामा सम्पन्न कार्यक्रममा दुई महिलासहित ४७ जनाद्वारा रगतदान

बीरगन्ज । पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ बीरगन्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघको ९ औँ स्थापना दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।

बीरगन्जको घण्टाघरमा आयोजित कार्यक्रममा दुुइ जना महिलासहित ४७ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा ओम प्रकाश साह, अभिषेक कुमार, मुनिलाल पण्डित, राम आशिष प्रसाद, नरेश महतो लगायतका रहेका छन् ।

प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बिरेन्द्र राज कडेँल रहेका कार्यक्रममा पशुपंक्षी औषधी बजार प्रतिनिधि संघका संस्थापक अध्यक्ष तुलसी भण्डारी, श्याम कुशवाहा, दिनेश तिवारी, नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता लगायतको उपस्थिती रहेको रक्तसञ्चार केन्द्र बीरगन्जका सौरभराज पाण्डेले जानकारी दिए ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र बीरगन्जका प्राविधिक टोलीले प्राविधिक सहयोग उपलब्ध गराएका थिए । ‘रक्तदान जिवन दान’, ‘जिवन दान महादान’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै