वीरगन्ज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
बोर्डको क्यालेन्डरभन्दा ढिला सार्वजनिक भएको यस वर्षको नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।
यस वर्षको परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए। गत ११ वैशाखमा हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि मात्रै सञ्चालन भएको थियो, जसले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ननग्रेड भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते हुने जानकारी गराएका छन्। यसबाट अनुत्तीर्ण विद्यार्थीहरूलाई पुनः एक अवसर प्राप्त हुनेछ।