ट्रेन्डिङ

खेलकुद मन्त्री जयसवालले गरे बर्दिबासको गौरीडाँडामा खुल्ला मञ्च तथा खेलकुद मैदानको उद्घाटन

महोत्तरी । मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद मन्त्रालयबाट निर्मित खुल्ला मञ्च तथा खेलकुद मैदानको बर्दिबास नगरपालिका–३, गौरीडाँडामा मंगलबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको छ।

खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालले उक्त मैदानको उद्घाटन गर्दै प्रदेशभरका रंगशालाको व्यवस्थापन र पूर्वाधार विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको स्पष्ट गरे।

“नारायणी रंगशाला (वीरगन्ज), जानकी रंगशाला (जनकपुर) लगायत मधेस प्रदेशका सबै रंगशालाको कागजी प्रक्रिया अगाडि बढिसकेको छ,” मन्त्री जयसवालले उद्घाटन समारोहमा भने, “अब छिट्टै अधुरा संरचना सम्पन्न गरी खेलकुद भौतिक विकास तीव्र गतिमा अघि बढाइनेछ।”

कार्यक्रमको अध्यक्षता खेलकुद मैदान कार्य समितिकी अध्यक्ष ललिता बुढाथोकीले गर्नुभएको थियो।

प्रमुख अतिथि मन्त्री जयसवाल थिए भने विशिष्ट अतिथि बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्री रहेका थिए।

साथै, वडा नम्बर- ३ का अध्यक्ष विराट कुमार विष्ट, स्थानीय बुद्धिजीवी, युवा, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले प्रदेश सरकारको प्रयासप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै