काठमाडौं । जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मावलम्बीमा शुभकामना दिएका छन् ।
जैन धर्मका २४औँ तीर्थंकर महावीरको दुई हजार ६२४औँ जन्मजयन्ती (जन्म कल्याणक दिवस)का अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना दिएका हुन ।
‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिएको उनको शुभकामना सन्देशमा भनिएको छ ।
दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्याउने विश्वाससमेत शुभकामना सन्देशमार्फत जारी गरेका छन् ।
उपराष्ट्रपति यादवले भनेका छन्, ‘यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने अवसर प्रदान गर्दछ ।
‘भगवान् महावीरले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य आदर्शलाई प्रतिपादन गर्नुभयो । यसले धार्मिक दृष्टिसँगै सामाजिक र सांस्कृतिक रूपमा पनि हामीलाई एउटा सुन्दर देश र समाज निर्माणको दिशामा अग्रसर हुन प्रेरित गर्दछ ।’