ट्रेन्डिङ

मधेस भगवान राम र लक्ष्मण ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस भगवान राम र लक्ष्मण ज्ञान आर्जन गर्ने ठाउँ भएको बताएका छन् ।

मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट यस्तो बताएका हुन ।

मधेस पुण्य, ध्यान, देवभूमि भएको चर्चा गर्दै उनले यस्तो भूमिबाट हामीले अहिलेसम्म के उपलब्धी हासिल गर्‍यो, त्यसबारे गहन चर्चा गर्नुपर्ने जरुरी रहेको औल्याए ।

उनका अनुसार मधेसबाट अनेक देउता, भगवान रामसहितकाले ज्ञान आर्जन गरेको पवित्र ठाउँ हो ।

यो ठाउँमा अनेक विद्धान, साहित्यकार, कवि तथा विद्धान उत्पादन गर्ने ठाउँ रहेको भनदै उनले भने यो ठाउँ अन्तर्राष्टियस्तरमा समेत परिचित छ ।
‘त्यसकारण अब हामी सबैले मिलेर जनताको जीवनस्तरमा सुधार ल्याउनु पर्छ,’ उनले भने ।

उनका अनुसार पहिलो गरिबी निवारण गर्न सक्नु पर्छ, अनि मात्र जनतालाई राहत हुन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै