
काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम निरन्तर बढ्दो छ । सुनको मूल्य आज हालसम्मकै उच्च कायम भएको छ ।
लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला पाँच सयले वृद्धि भइ नयाँ रेकर्ड कायम भएको हो ।
सोमबार प्रतितोला एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि एक लाख ५९ हजार सात सय रुपैँया कायम भएको छ ।
नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको बताइएको छ ।
यस्तै, चाँदीको मूल्य आज तोलामा पाँच रुपैँयाले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार नौ सय १५ कायम भएको छ ।