वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका ६० जना एसपीको सरुवा गर्ने क्रममा कुँवरलाई पनि सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले कुँवरलाई कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा सरुवा गरेको छ ।
उनको ठाउँमा कुमार विक्रम थापालाई बाराको प्रहरी प्रमुखका रूपमा पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयको सरुवा निर्णयसँगै बाराको प्रहरी नेतृत्व परिवर्तन हुने भएको छ ।