
बीरगन्ज । रौतहट प्रहरीले १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट सजाय भइ फरार भएका विभिन्न मुद्दाका १३ जना प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले सोमबार र मंगलबार गरी १३ जना प्रतिवादीलाई पक्राउ गरेको हो । सजाय पाएपछि फरार भएका उनीहरुलाई लुकीछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरेको रौतहट प्रहरीकी डिएसपी एलिजा गिरीले बताइन् ।
पक्राउ पर्नेमा रौतहट राजपुर–४ निवासी रामप्रवेश साह, कमरे आलम, राजपुर– ५ का धर्वेन्द्र भगत माली, राजदेवी–९ बस्ने रन्धिर कुमार सिंह, सोही स्थान बस्ने रन्धिर कुमार सिंह रहेका छन् । त्यसैगरी रौतहटकै गौर नगरपालिका–४ बस्ने हरिओम राय यादव, बौधिमाई नगरपालिका ५ बस्ने मोनोफ मिँया, यमुनामई गाउँपालिका २ बस्ने प्रदीप यादव भनिने प्रदीप अधिकारी लगायतका रहेका प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।