बीरगन्ज । रौतहटमा पोखरीमा नुहाउन गएकी एक महिलाको डुबेर मृत्यु भएको छ । जितिया पर्वका लागि पोखरीमा नुहाउन गएकी एक महिलाको आज डुबेर मृत्यु भएको हो ।
जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर गाउँस्थित पोखरीमा नुहाउन गएकी एक महिलाको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा ४५ वर्षीया गिरिजा देवी रहेकी प्रहरीले जनाएको छ ।
पोखरीमा महिला डुबेको खबर प्रहरीलाई गएको थियो । घटनाबारे खबर पाएलगत्तै पुगेको सशस्त्र प्रहरीको बिओपी बेलविछवा र प्रहरी चौकी बेलविछवाको टोलीले उनको उद्दार गरेको थियो ।
पोखरीमा डुबेर गम्भिर उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीको भनाइ छ । अस्पताल लैजाने क्रममा बिच बाटोमै उनको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका एसपी विक्रम हुमागाईले बताए ।