
बीरगन्ज । सर्लाहीमा करेन्ट लागेर दुई वर्षका नाबालकको ज्यान गएको छ । जिल्लाको सिसौटियामा करेन्ट लागेर दुई वर्षका नाबालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया बस्ने सुदिश चौधरीका छोरा दुई वर्षीय आयुष कुमार चौधरी रहेका छन् । ओच्छ्यानमा बसेर खेलिरहेका सुदिशले बिजुलीको प्लकमा औँला हाल्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
गम्भिर घाइते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतकको शब पोष्टमार्टमपछि परिवारले लगेका सर्लाही प्रहरीले जनाएको छ ।