
७ असोज, बीरगन्ज । पर्सा प्रहरीले झण्डै ३४ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक बरामद गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले बीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकबाट सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरीका अनुसार प्रहरीले ३३ लाख ७७ हजार ९४० मूल्य बराबरका सामानसहितको ट्रक बरामद गरेको हो । प्रहरीले चलाएको जाँचका क्रममा ना ३ ख ८०४२ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको उक्त ट्रकको जाँच गर्दा बिल शंकास्पद देखिएपछि पक्राउ गरिएको हो ।
बरामद सामानसहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।