ट्रेन्डिङ

बाराबाट ६२ लाख रुपैँया भन्सार छलीका सामानसहितको ट्रक पक्राउ

बारा । बारा प्रहरीले भन्सार छलीका सामानसहित ट्रक पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट सामनसहितको ट्रक पक्राउ गरेको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले वीरगन्जबाट चितवनतर्फ जादैँ गरेको ना ३ ख ५४५५ नम्बरको ट्रकलाई रोकी जाँच गरेको थियो । सोही क्रममा ट्रकमा लोड रहेका सामानको बिल बिजकमा शंका लागेकाले नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक बलराम श्रेष्ठले बताए ।

उनका अनुसार बरामद मोबिल, अबिर, ब्याट्री, कपडा लगायतका सामानको मूल्यांकन ६२ लाख ३५ हजार ४ सय ४८ रुपैँया कायम गरिएको छ ।

बरामद सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै