काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान विमान पल्टिएको छ ।
डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा परेको हो । उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ, जहाँ बाक्लो हिउँ जमेको छ ।
स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए ।
विमान पल्टिदा कम्तिमा ३ जना घाइते भएका छन् । घााइते तीनै जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तर डेल्टा एयरलाइन्सका सीईओ डेबोराह फ्लिन्टले भने कुनै पनि यात्रु गम्भिर घाइते नभएको बताएका छन् ।
विमान पल्टिनुअघि टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २६ उडान डाइभर्ट गरिएको थियो । धेरैजसो विमानलाई मोन्ट्रियल र ओट्टावा डाइभर्ट गरिएको थियो ।
विमान दुर्घटनाको कारण खुलेको छैन । तर विमान कसरी चिप्लियो भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।