ट्रेन्डिङ

त्रिशुली नदीमा बेपत्ता रोहित रानाको खोजीका लागि गोताखोर टोली परिचालन

चितवन । त्रिशूली नदीमा बेपत्ता भएका मोटरसाइकल चालक रोहित रानाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ ।

शुक्रवार बिहान ११ः ५५ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल त्रिशुली नदीमा खसेको थियो । चितवनको ईच्छाकामना गापा–५ चट्टाने भीर (कालीखोला) मा डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा खस्दा राना बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता रानाको खोजी कार्यका लागि गोताखोर परिचालन भएको सशस्त्र प्रहरीका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको टोली परिचालन भएको डीएसपी थापाले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै