
धनुषा । करेन्ट लागेर धनुषामा एक जनाको ज्यान गएको छ ।
शहीदनगर नगरपालिका वड नम्बर २ चोराकोयलपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय मनोज चोरवार रहेका प्रहरीले जनाएको छ ।
खेतमा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको गोदावरी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।