ट्रेन्डिङ

अमेरिकामा फेरि अर्को जहाज दुर्घटना , सवार सबैको मृत्युको आशंका

अमरेकिमा जहाज दुर्घटना भएको छ । रोयटर्सका अनुसार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा फेरि अर्को निजी जहाज दुर्घटना भएको हो।

शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक एउटा प्राइभेट विमान दुर्घटना भएको हो।

फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड-ब्रान्सन विमानस्थल जाँदै गरेको विमानमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको अमेरिकाको उड्डयन विभागले जनाएको छ।

दुर्घटना भएको लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) भएको जनाइएको छ।

जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो जहाज दुर्घटना भएको विज्ञप्तीमार्फत जानकारी दिएको छ।

विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनको हेरचाहमा आएका एकजना सवार थिए।

विमान तीव्र गतिमा खसेको र घना आवादी भएको सहरको जमिनमा बजारिएको रोयटर्सले समाचारमा उल्लेख छ।

जमिनमा खसेलगत्तै जहाजमा आगो लागेको र केहीबेरमै भीषण रूप लिँदै विस्फोट भएको थियो।

विमानमा सवारमध्ये कोही पनि ज्युँदो नरहेको आशंका गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन । यसअघि पनि अमेरिकामा ठूलो जहाज दुर्घटना भएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै