ट्रेन्डिङ

मधेस केन्द्रित ८ दल : मोर्चाको दस्तावेजको मस्यौदा बनाउने निर्णय

काठमाण्डौँ । मधेस केन्द्रित ८ दलले मोर्चाको दस्तावेजको मस्यौदा बनाउने निर्णय गरेको छ । दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

‘कार्यदलका सबै सदस्य उपस्थित बैठकले मोर्चा बनाउने कार्यको निम्ति दस्तावेजको ड्राफ्ट तैयार गर्ने निष्कर्ष निकालेको छ,’ राष्ट्रिउ मुक्ति पार्टीका नेता केशव झाले भने,‘मोर्चाको नाम, अवधारणा, एजेन्डा र आचारसंहिता लेखनको निम्ति सदस्यहरुलाई भनिएको छ । छिट्टै ड्राफ्ट तयार गरि कार्यदलको अर्को बैठक गर्ने निर्णय गरिएको छ ।’

आठ दलमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तमलोपा छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै