काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद पद निलम्बन फुकुवाका लागि निवेदन बुझाएका छन् । आज सभामुख देवराज घिमिरेसमक्ष सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न निवेदन बुझाएका हुन् ।
सभामुखको कार्यकक्षमै पुगेर सभापति लामिछानेले सभामुख घिमिरेसमक्ष निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन् ।
सभापति लामिछानेले आफू थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाए ।
सो क्रममा उनीसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतकाको उपस्थिति रहेको थियो ।
प्रतिनिधिसभा सदस्य लामिछानेलाई गत पुस ८ गते प्रतिनिधिसभा सचिवालयले सांसद पदबाट निलम्बन गरेको थियो ।