काठमाण्डौँ । गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् । काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन् ।
श्रीमान् विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालत स्रोतले जनाएको छ । स्रोतका अनुसार अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै गायिका चौहानले आज फिराद पत्र दायर गराएकी हुन् ।
यसबीच मिलापत्रको सम्भावना पनि हुन्छ । तर, उनीहरुबिच सहमति नजुटे सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
एलिना र विष्णुबीच वैशाख पहिलो साता मात्र विवाह भएको थियो । विष्णुे अहिले अस्ट्रेलियामा छन् ।
अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् ।