ट्रेन्डिङ

घरमा सुरुङ बनाइ चोरी गर्ने ‘ग्याङ’ का एकजना पक्राउ

५ असोज, बीरगञ्ज । सुरुङ बनाएर घरमा चोरी गरेको आरोपमा रौतहटबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षका जिआउल हक रहेका छन् ।

गत असार २४ गते राती दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा टोल निवासी चन्देश्वर दास तत्मा, लक्ष्मी दास र राम नारायण साहको घरमा चोरी भएको प्रहरीले जनाएको छ । चोरहरुको समूहले सेन काटेर सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरु चोरी गरेको प्रहरी नायब उपरीक्षक डिएसपी एलिजा गिरीले बताइन् ।

घटनापश्चात प्रहरीले चलाएको सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा जिआउलको संलग्नता पाइएकाले पक्राउ गरिएको उनको भनाई छ । उनलाई बडहर्वा पुल नजिक घुम्दै गरेको अवस्थाबाट पक्राउ गरेको डिएसपी गिरीको भनाई छ ।

पक्राउ परेकामाथि चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै