ट्रेन्डिङ

ट्याक्टर दुर्घटनामा एक जना मजदुरको मृत्यु

सिरहा । सवारी दुर्घटनामा परी सिरहामा एक जना मजदुरको ज्यान गएको छ । कर्जन्हा नगरपालिका वडा नम्बर ६ बडहराका एक जना मजदुरको ज्यान गएको हो ।

मृत्यु हुनेमा सुरेश मुखिया रहेका प्रहरीले जनाएको छ । चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टर पूर्व–पश्चिम राजमार्ग अन्तरगत धनगढीमाइ नगरपालिका १० स्थित धनगढी चोकमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सुरेश ट्याक्टरको इन्जिन पछाडिको बायाँ चक्का मुनि परेका थिए । जसकारण उनको शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । शवलाई पोस्टमार्टमाका लागि जिल्ला प्रादेशिक अस्पताल लहान पठाइएको छ ।

प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै