४ असोज, काठमाण्डौँ । यस वर्षको बडा दशैँको टिकाको साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसबारे जानकारी गराएको हो ।
त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने समेत समितिले जनाएको छ । यसैगरी असोज १७ गते अर्थात् बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ ।
यस्तै फूलपाती भित्र्याउने साइत भने असोज २४ गते बिहान ७ बजेर ११ मिनेटको रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जनाए । उनका अनुसार यस वर्ष महाष्टमी र महानवमी एकै दिन अर्थात् असोज २५ गते परेको छ ।
सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ बजेर ५४ बजेको साइत परेको समिति बताँउछ ।