
धनुषा । विद्यार्थीहरुले चलाएको मोटरसाइकलको ठक्करबाट मधेस प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयका एक चालकको मृत्यु भएको छ ।
प्रदेश राजधानी जनकपुरधामस्थित मधेस भवन अगाडी मोटरसाइकल दुर्घटनामा परी भौतिक पूर्वाधार मन्त्रालको चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्त्रालयका चालक लक्ष्मीनिँया गाउँपालिका वडा नम्बर १ बस्ने देवेन्द्र यादव रहेका प्रहरीले जनाएको छ ।
आज बिहान कार्यालय आउन लाग्दा देवेन्द्र सवार मोटरसाइकल र विद्यार्थीहरुले चलाउँदै आएको दुइवटा मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल लैजादा बिच बाटोमै मृत्यु भएको जनकपुर प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।
मृतक यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेसको २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालकसहित २ जना प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।