ट्रेन्डिङ

भारतको महाराष्ट्रमा रेल दुर्घटना, मृतकको सङख्या ११

भारत । भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा रेल दुर्घटना भएको छ ।

दु्र्घटनामा ११ जनाको मृत्यु भएको भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका छन् ।

पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको यो रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा थियो । यात्रुहरू सवार एउटा आगो लागेको आशंका गरिएको थियो । त्यसैले यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फाले ।

सोही क्रममा त्यही ट्र्याक भएर गइरहेको कर्नाटक एक्सप्रेसमा  केही मानिसहरू ठोक्किएर मृत्यु भएको बताइएको छ । 

दुर्घटनामा थप कैयौँ घाइते भएका छन् । कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावल जाँदै थियो । घटनामा १२ जना घाइते भएका छन र उनीहरूको पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

घटनास्थलमा आठवटा एम्बुलेन्स पठाइएको मुख्यमन्त्रीले बताए।  घाइतेहरूको उपचारका लागि नजिकैका निजी अस्पतालहरूलाई पनि सतर्क राखिएको भनिएको  छ ।

आफूहरुले सम्पूर्ण घटनाको निगरानी भइरहेको र तुरुन्तै सबै आवश्यक सहयोग उपलब्ध गराइरहेको पनि उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै