ट्रेन्डिङ

११ किलो गाँजासहित पर्साका दुई जना पक्राउ

वीरगन्ज । ११ किलो लागू औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाँउपालिका-१ बस्ने ४२ वर्षका सुरेश दास थारु र पर्सागढी नगरपालिका-२ बस्ने २९ वर्षका अर्जुन महतो थारु छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हेटौँडा-१९ नेवारपानीबाट पक्राउ गरेको हो ।

पूर्व-पश्चिम सडकखण्डमा प्रहरीले सवारी साधनहरु रोकेर जाँच गरेको थियो । सोही क्रममा नारायणगढबाट गौरतर्फ जाँदै गरेको लु १ ख ७३९५ नम्बरको यात्रुबाहक बसमा सवार उनीहरुको साथबाट गाँजा बरामद गरेको हो ।

पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै