ट्रेन्डिङ

घाइते स्वास्थ्यमन्त्री भेट्न अस्पताल पुगे मधेसका मुख्यमन्त्री सतिस सिंह

छानबिन समिति गठन

धनुषा । दुर्घटनामा घाइते भएका स्वास्थ्यमन्त्री भेट्न मधेस सरकारका मुख्यमन्त्री सतिस सिंह अस्पताल पुगेका छन् ।

स्वास्थ्यमन्त्री शत्रुघन प्रसाद सिंहलाइ भेट्न मुख्यमन्त्री सिंह राती नै प्रादेशिक अस्पताल जनकपुर पुगेका हुन् ।

अस्पताल पुगेर मुख्यमन्त्री सिंहले स्वास्थ्यमन्त्रीको अवस्थाबारे चिकित्सकसँग जानकारी लिएका छन् ।

मधेस प्रदेशका स्वास्थ्यमन्त्री शत्रुघन प्रसाद सिंह सवार मधेस प्रदेश ०२-००१ झ ०१६५ नम्बरको गाडी आज बेलुका दुर्घटनामा परेको थियो । प्रदेश राजधानी जनकपुरको रामानन्दचोकमा खानेपानी डिभिजन कार्यालय पर्साको मधेस प्रदेश ०३-००१ झ ००९६ नम्बरको मन्त्रीको गाडीलाइ ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्करबाट छाती र पिठ्युमा चोट लागेको छ, यद्यपी उनको अवस्था खतरामुक्त रहेको धनुषा प्रहरीले जनाएको छ ।

यसैबिच घटनाबारे छानबिनका लागि धनुषा प्रहरीले डिएसपीको नेतृत्वमा समिति गठन गरेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै