ट्रेन्डिङ

मधेसका स्वास्थ्य मन्त्री सिंह सवार गाडी दुर्घटनामा, मन्त्रीसहित तीनजना घाइते

जनकपुर । मधेस प्रदेशका स्वास्थ्यमन्त्री शत्रुघन प्रसाद सिंह सवार गाडी दुर्घटनामा परेका छन् ।

जनकपुरको रामानन्दचोकमा खानेपानी डिभिजन कार्यालयको गाडीले ठक्कर दिँदा स्वास्थ्य मन्त्री सिंह सवार गाडी दुर्घटनामा परेको हो ।

गाडीको ठक्करबाट स्वास्थ्य मन्त्री सिंहसहित तीन जना घाइते भएको जनकपुर प्रहरीले जनाएको छ ।

स्वास्थ्य मन्त्री सिंहको छाती र पिठ्युमा चोट लागेको जनकपुर प्रहरी प्रवक्ता बरुण सिंहले जनाए ।

तर अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।घाइते मन्त्रीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा ृउपचार भइरहेको प्रहरीले जनाएको छ ।

मधेस प्रदेशको ०२–००१ झ ०१६५ नम्बरको स्वास्थ्य मन्त्री सवार गाडीलाई मधेस प्रदेशकै ०३–००१ झ ००९६ नम्बरको खानेपानी डिभिजन कार्यालय पर्साको गाडीले ठक्कर दिएको हो ।

अन्य दुइजना घाइतेको पनि प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

कसरी दुर्घटना भएको हो त्यसको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै