ट्रेन्डिङ

चितवनको भरतपुरमा युवकमाथि कुटपिट प्रकरण : के थियो त्यो रातको घटना ? अनुसन्धानका लागि समिति गठन

चितवन । चितवनको भरतपुरमा एक जना प्रहरीले युवकलाई कुटपिट गरेको घटनाबारे छानबिनका लागिका समिति गठन गरिएको छ । घटनाको छानविन गर्न ५ सदस्यीय छानबिन समिति बनाइएको चितवन प्रहरीले बताएको छ ।

चितवन प्रहरीका डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा समिति गठन भएको हो । समितिले अध्ययन प्रतिवेदनको आधारमा कुट्ने प्रहरीलाई कारबाही गर्ने प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालहरूमा यतिबेला भाइरल बनिरहेको भिडियो भरतपुर महानगरपालिका वडा नम्बर ११ बसेनी चोकको रहेको प्रहरीको भनाइ छ । बसेनी चेकमा खटिएका प्रहरी सहायक निरीक्षक बुद्धीबहादुर घलानले एक युवकमाथि निर्घात कुटपिट गरेको प्रहरीले पुष्टि गरेको छ ।

मध्यरातमा ड्युटिमा खटिएका प्रहरी सहायक निरीक्षक घलानले एक युवकलाई ‘कसलाई फोन गर्छस् गर’ भन्दै आक्रोश पोख्दै लात्ती तथा बुट (जुत्ता) ले हानेको भिडियो यतिबेला सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती छन् ।

के हो घटना ?

डीएसपी महतोका अनुसार उक्त घटना पुस १५ गते रातिको हो । भरतपुरको वडा नम्बर ११ को गणेशस्थान अस्थायी प्रहरी पोष्टका प्रसनि ड्यूटीमा रहेका थिए । राति करिब सवा १० बजेतिर एक स्कुटरसहित ४ वटा मोटरसाइकल युवाहरु हुइँकाउँदै आए ।

अहिले चितवन प्रहरीले बुलेट मोटरसाइकलको अनावश्यक आवाज नियन्त्रण अभियान पनि चलाइरहेको छ । सो क्रममा ध्वनि प्रदूषण गराउने मोटरसाइकल पनि युवाहरूले चढेर आएको डीएसपी महतोको दाबी छ ।

५/७ जनामध्ये सबैले मादक पदार्थ सेवन गरेर आएकाले उनीहरू भागेको प्रहरीको भनाइ छ । ती युवाले मोटरसाइकल छुटाउन आफूभन्दा माथिल्लो तहकालाई फोन गर्न लागेपछि ड्यूटीमा रहेका प्रसनि घलानले लात्तीले युवकलाई कुटेको देखिएको छ ।

डीएसपी महतोका अनुसार सो रात चारवटै मोटरसाइकललाई ट्राफिक जरिवानापछि भोलिपल्ट दिउँसो छोडिएको थियो ।

कुटाइको विषय भने भिडिओ सार्वजनिक भएपछि थाहा भएको उनले बताए । प्रहरीले त्यसरी सर्वसाधारणमाथि निर्मम कुटपिट गर्नु गलत भएको चितवन प्रहरीले स्वीकार गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै