वीरगन्ज । पर्साको पर्सागढीमा निशुल्क स्वास्थ्य चेकजाँच तथा न्यानो वितरण सुरु भएको छ । वडा नम्बर ४ बखनरवामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल हेल्थ क्पस नेशनल मेडिकल कलेजका एमबासडर एमडी उमर देवानको नेतृत्वमा कार्यक्रम आयोजना भएको हो ।
सो अवसरमा नेपाल हेल्थ कप्स नेशनल मेडिकल कलेजका ४२ चिकित्सा विद्यार्थीहरूको उपस्थिति थियो भने चिकित्सकहरू डा. मिना कुमार साह, डा. कुमुद लोहबारिया र डा. बिजय कुमार ज्याखोले स्वास्थ्य परामर्श दिए ।
कार्यक्रमबाट ७०५ जन लाभान्वित भएका छन् । कार्यक्रममा दम, मधुमेह जस्ता दीर्घकालिन रोगहरुको चेकजाँच गरिएको थियो ।
यस्तै कर्यक्रममा ३०० परिवारलाई न्यानो बाँडिएको छ ।
एमडी उमर देवानका अनुसार तत्काल स्वास्थ्य आवश्यकताहरूको समाधान मात्रै नभई दीर्घकालिक सहयोग र स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।