पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
पाकिस्तानको एक अदालतले उनीहरुलाई दोषी ठहर गर्दै पूर्व प्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश नासिर जावेद राणाका अनुसार अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका बताए ।
खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको उनको भनाइ छ । भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो ।
उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।
खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् र उनीमाथि करिब दुई सय वटा मुद्दा लगाइएका छन् । ती मुद्दा सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन् ।
यस्तै खानकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएकी थिइन्, भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएकी थिइन ।